४ कार्तिक २०८३, बुधबार

जुवातास खेलिरहेका ८ जना पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २६ भर्दौ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका १३ ऐश्वर्या टोल बस्ने ४४ वर्षीया सूर्य कुमारी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो। शनिबार साँझ सूर्य कुमारी लगायत ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार २ सय ५५ हजार रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।