४ कार्तिक २०८३, बुधबार

मकवानपुरमा एक शव फेला

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २६ भदौ । मकवानपुरको मनहरी गाउँपालिकामा एक शव फेला परेको छ ।

आइतबार दिउँसो पूर्व-पश्चिम राजमार्ग नजिकै मनहरी-९ को जयसिङमा पहिचान नखुलेको मंगोलियन अनुहार देखिने अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए । उनले शवलाई पोस्टमार्टमको लागि हेटौंडा ल्याइएको र घटनाको अनुसन्धान भइरहेको बताए ।