
काठमाडौं, २६ भदौ । केहि दिन अघि सार्वजनिक भएको एप्पल कम्पनीको आइफोन–१४ को फोन नेपालमा तत्काल नचल्ने भएको छ । आइफोन–१४ चलाउनको लागि इ–सिम प्रयोग गुर्नपर्ने हुन्छ तर नेपालमा भौतिक सिम प्रयोगको सुविधा मात्र रहेको छ ।
आइफोन–१४ को मोडलहरु भौतिक सिम रहित फोन रहेका छन् । इ–सिमको सुविधा हाल अमेरिकासहित केहि विकसित देशहरुमा मात्र उपलब्ध रहेको छ भने केहि देशहरुमा परीक्षणको क्रममा रहेको छ ।

नेपालमा पनि नेपाल टेलिकमले इ–सिम प्रयोग ल्याउने तयारी गरिरहेको र परीक्षण भइरहेको जनाएको छ । भौतिक सिम कार्डको प्रयोग हटाउन एप्पले आफ्नो आइफोन–१४ को नयाँ फोनहरुमा इ–सिम लागू गरेको जनाएको छ ।















प्रतिक्रिया