काठमाडौं, २५ भदौ । नेपाल सरकारले बेलायतती महारानी एलिजाबेथ द्वितीयको निधनमा आजबाट ३ दिन शोक मनाउने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार भदौ २५ गतेबाट २७ गतेसम्म शोक मनाउने एवं देशभरको सरकारी कार्यालय,विदेशस्थित नेपाली राजदुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।
बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार राति बाल्मोरलमा निधन भएको थियो ।
















प्रतिक्रिया