१ कार्तिक २०८३, आइतबार

भारतमाथि नेपालको शानदार जित

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । श्रीलंकामा जारी साफ यू-१७ फुटबल च्याम्पियनसीपमा नेपालले भारतमाथि शानदार जित हात पारेको छ ।

नेपालले भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै समूह बी विजेता समेत बनेको छ । नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवाश बमले समान एक-एक गोल गरे ।

भारतका लागि डानी मेइटेइले एक गोल गरे । भारतका डानीले खेलका २५ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । तर ४५ औं मिनेटमा सरोजले नेपालका लागि गोल गर्दै खेललाई बराबरीमा फर्काए ।

खेलको ४९ औं मिनेटमा उनेशले गोल गरेपछि नेपालले अग्रता बढायो । खेलको ६७ औं मिनेटमा सुवाशले गोल गरे पछि नेपालले ३-१ को शानदार जित हात पार्‍यो ।