शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

थाहामा जिल्ला स्तरीय बिच भलिबल प्रतियोगिता हुने

दैनिक नेपाल २०७९ भदौ २४ गते १६:५६

मकवानपुर, २४ भदौ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा पहिलो पटक जिल्ला स्तरीय बिच भलिबल प्रतियोगिता हुने भएको छ । थाहा कला केन्द्रले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै असोज १४ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगिता बारे जानकारी दिएको हो ।

थाहा-३ को जनकल्याण माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताले थाहाको पर्यटन प्रवर्धन हुने आयोजक कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार रुपैयाँसहित शिल्ड,मेडल,प्रमाणपत्र प्रदान गरिने अध्यक्ष मुक्तानले बताए ।

प्रतिक्रिया
सम्बन्धित