५ कार्तिक २०८३, बिहिबार

महारानी एलिजाबेथको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति काठमाडौं स्थित बेलायतको राजदुताबास पुगेर दुःख व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले दुताबासमा राखिएको शोक पुस्तिकामा पहिलो शोक व्यक्त गर्दै महारानीको निधनप्रति दुःख व्यक्त गरेकी हुन् । काठमाडौँस्थित दुताबासले महारानीको निधनमा दुताबासले श्रद्धाञ्जली व्यक्त गर्न चाहनेहरुका लागि शुक्रबार ४ बजेसम्म र सेप्टेम्बर १२ देखि १६ सम्म बिहान ९ बजेदेखि ४ बजेसम्म शोक पुस्तिका राखिने जानकारी दिएको छ ।

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गएराति बाल्मोरलमा निधन भएको थियो ।