५ कार्तिक २०८३, बिहिबार

मंसिर ४ को निर्वाचन मेरो राजनीतिक जीवनको अन्तिम निर्वाचन हो,जित्न चाहन्छुः कमल थापा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २३ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन आफ्नो राजनीतिक जीवनको अन्तिम निर्वाचन रहने बताएका छन् ।

चुनावी अभियानलाई सुरु गर्न गृह जिल्ला आएका थापाले बिहीबार पार्टीका नेता कार्यकर्ताहरुसंग भेट गर्दै ४ मंसिरमा हुने निर्वाचन आफ्नो राजनीतिक जीवनको अन्तिम निर्वाचन रहने र विजयी हाँसिल गर्न चाहेको बताए ।

हेटौंडालाई प्रदेशको राजधानी बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहेको बताउँदै अध्यक्ष थापाले हेटौंडा प्राविधिक रुपमा राजधानी हुन सकेको तर राजधानी लायकको बन्न नसकेको टिप्पणी समेत गरे । थापाले राजीतिक जीवनबाट विश्राम लिनुभन्दा अगाडी हेटौंडा र समग्र जिल्लाको विकासको लागि आफ्नो उम्मेद्वारी रहने बताए ।

थापा मकवानपुर क्षेत्र नंबर १ बाट निर्वाचन लड्ने तयारीमा छन् । यसअघि,२०७४ मा भएको निर्वाचनमा थापा एमालेका उम्मेद्वार कृष्णप्रसाद दाहालसंग पराजित भएका थिए ।