४ कार्तिक २०८३, बुधबार

सुनचाँदीको मूल्य बढ्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा आठ सय रुपैयाँले बढेर ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।