२ कार्तिक २०८३, सोमबार

गायक तथा संगीतकार कृष्णभक्त महर्जनको ‘गुलीजक बाँला’ सार्वजनिक

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । दर्जनौ गीत संगीतमा आफनो संगीतको कला प्रस्तुत गरेर चर्चामा रहेका गायक तथा संगीतकार कृष्णभक्त महर्जनले नेपाल भाषाको गीत ल्याएका छन् ।

पप, आधुनिक सबै खाले भाकाका गीतमा संगीत गर्दै आएका उनले नेपाल भाषा अर्थात् नेवारी गीत लाई बढी जसो ल्याउने गरेका छन ।

कृष्ण भक्त मर्हजनको शब्द तथा संगीत र भुपेन्द्र बज्राचार्य को एरेन्ज तथा मास्टरिङ गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा फरक तरिकाबाट प्रस्तुत गरिएको छ । नेवारी भाषामा तयार पारिएको गीत भएपनी सम्पूर्ण दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गायक मर्हजनको विश्वास छ ।

श्याम तामाङको छायाँकन तथा कृष्ण भण्डारीको सम्पादन भिडियोमा छ । ‘गुलीजक बाँला’ बोलको गीतको म्युजिक भिडियोका निर्देशक सोनाम पाख्रिन हुन् भने लाहुरे सिंहको कोरियोग्राफी रहेको छ ।

भिडियो गायकको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ‘गुलीजक बाँला’ गीतको भिडियोमा विजु पार्की र कविता नेपालीले फिचरिङ गरेका छन् ।