५ कार्तिक २०८३, बिहिबार

दोलखामा एक सातादेखि बेपत्ता भएका पुरुष मृत फेला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । दोलखामा एक सातादेखि बेपत्ता भएका पुरुष मृत फेला परेका छन् ।

दोलखाको जिरी नगरपालिका-९ होसिङगा देउरालीका ४१ वर्षीय राजन खत्री बुधबार आफ्नै घरबाट ३ किलोमिटर पूर्व खर्क खोलामा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् ।

१६ भदौ देखि बेपत्ता भएका राजनलाई आफ्न्तले खोज्ने क्रममा खोलामा मृत फेला पारेका हुन् । शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल जिरी पठाईएको बागमती प्रदेश प्रहरी कार्याललले जनाएको छ ।