५ कार्तिक २०८३, बिहिबार

आगामी असोज १ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । सरकारले आगामी असोज १ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।

बुधवार यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले आगामी असोज १ गते शनिवारदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

बैठकले अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने तथा कोभिडको महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाउने निर्णय गरेको छ ।