काठमाडौं, २३ भदौ । भुटानलाई २–१ ले हराउँदै नेपाल श्रीलंकाको कोलम्बोमा जारी साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालको जितमा युनिस बुढाथोकी र सीमान्त थापाले समान एक गोल गरे। भुटानका जितसुन दोर्जेले एक गोल गरे।
लगातार दुई खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि भुटान भारतसंग ३–० ले पराजित भएको थियो । योसंगै समूह ‘बी’ मा रहेको नेपाल र भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।
अब नेपालले समूह चरणको दोस्रो खेल शुक्रबार भारतसंग प्रतिस्पर्धा गर्नेछ । नेपालले भारतविरुद्धको खेल जिते समूह विजेता बन्नेछ।















प्रतिक्रिया