मकवानपुर,२२ भदौ । मकवानपुरको हेटौंडा-७ नागस्वतीमा सम्पन्न राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी आयोजक नागस्वोती भेट्रान्सले हात पारेको छ । बुधबार भएको फाईनल खेलमा ठमेल भेट्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नागस्वोती भेट्रान्स क्लबले उपाधी हात पारेको हो ।
खेल सुरु भएको ११ औं मिनेटमा ठमेल भेट्रान्सका नर कुमार राईले गोल गर्दै ठमेललाई अग्रता दिलाएका थिए । तर खेलको २० औं मिनेटमा नागस्वती भेट्रान्सका राजकुमार घिसिङले गोल गरेपछि खेल बराबरीमा फर्किएको थियो । खेलको ४२ औं मिनेटमा नागस्वतीका केसीले नै गरेको थप एक गोल निर्णायक गोल बन्यो ।
विजेता टिम नागस्वोतीले २ लाख १ हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता ठमेलले १ लाख १ हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । गएको १८ भदौबाट सुरु भएको प्रतियोगितामा पूर्व राष्ट्रिय खेलाडीहरु सहितका ४० वर्ष माथी उमेर समूहका १८ वटा टोलीको सहभागिता रहेको थियो ।















प्रतिक्रिया