बारा,२२ भाद्र । बारा प्रहरीले लागू औषध मुद्दामा फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ ।
लागू औषध मुद्दामा जिल्ला अदालत बाराको २८ जेठ २०७४ को फैसला आदेशले एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भएर फरार रहेका प्रतिवादी कलैया उपमहानगरपालिका-१६ दोहरी पकडी टोलका नागेन्द्र राम पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामकाजी थापाका अनुसार नागेन्द्रलाई बुधबार बिहान पकडीबाट पक्राउ गरिएको हो । पक्राउ परेका नागेन्द्रलाई जिल्ला अदालतले कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया