काठमाडौं, २२ भाद्र । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि नेपाली कांग्रेसले घोषणापत्र तयारी गर्न पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन घोषणापत्र तयारी समिति गठन गर्दै महामन्त्री शर्मालाई संयोजकत्वमा मनोनयन गरेका हुन् ।
यसअघि,कांग्रेसले स्थानीय तह निर्वाचनमा अर्का महामन्त्री गगन थापा संयोजकत्वको समितिले घोषणापत्र बनाएको थियो ।















प्रतिक्रिया