५ कार्तिक २०८३, बिहिबार

राप्रपा नेपाल मकवानपुरले गर्यो प्रत्यक्ष तर्फ १४ जनाको नाम सिफारिस

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर,२२ भदौ । राप्रपा नेपाल मकवानपुरले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेद्वारहरु सिफारिस गरेको छ ।

जिल्लामा प्रत्यक्ष तर्फ २ प्रतिनिधि तथा ४ प्रदेश सदस्य उम्मेद्वार रहनेमा राप्रपा मकवानपुरले प्रतिनिधिको सदस्यको लागि दुई जनानै सिफारिस गरेको छ भने प्रदेश सदस्यको लागि १२  जना गरी  १४  नामको नाम सिफारिस गरेको छ ।

पार्टीको जिल्ला कमिटीको बैठकले १ नंबर क्षेत्रको लागि पार्टी केन्द्रीय अध्यक्ष कमल थापा र २ नंबर क्षेत्रको लागि पार्टीका महामन्त्री राजाराम बर्तौलाको एकल सिफारिस गरिएको जिल्ला राप्रपा नेपाल अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।

जिल्ला अध्यक्ष सापकोटाका अनुसार बैठकले प्रदेश सदस्यको लागि क्षेत्र नंबर १ को ‘क’ का लागि राजाराम अर्याल, बद्री कुँवर, कमल बिडारी र ‘ख’ का लागि दामोदर वाग्ने, प्रेमलाल श्रेष्ठ ,अर्जुन ढुंगाना नाम सिफारिस गरिएको छ भने क्षेत्र नंबर २ को ‘क’ का लागि बैकुण्ठ सुवेदी, रामु रिजाल, सरोज गुरागाँई तथा ‘ख’ का लागि राधाकृष्ण बिष्ट ,सुजेन्द्र ठकुरी र चन्द्रमान लामाको नाम सिफारिस गरिएको छ ।