५ कार्तिक २०८३, बिहिबार

गाईसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २२ भाद्र । कपिलवस्तुमा गुडिरहेका मोटरसाइकल पशुचौपायसँग ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको बुद्धभूमि नगरपालिका–२ पानीधारामा भएको दुर्घटनामा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराईको मृत्यु भएको हो।

मंगलबार बेलुका सवा ७ बजे पूर्व–पश्चिम राजमार्गमा पुस्कर सवार लु २९ प ४०४२ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका उनको चार नम्बरस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

मोटरसाइकलमा पछाडि सवार पुस्करकी भाउजु ४८ वर्षीया राधा भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ।