१ कार्तिक २०८३, आइतबार

च्याम्पियन्स लिग हारेपछि चेल्सीका प्रशिक्षक बर्खास्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । चेल्सीका प्रशिक्षक थोमस टुचेल बर्खास्त भएका छन् ।

२०२१ मा प्रशिक्षकमा नियुक्त भएका टुचेललाई चेल्सीले बुधबार बर्खास्त गरेको हो ।

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा क्लबले अपेक्षाकृत प्रदर्शन नगरेपछि क्लब व्यवस्थापनले उनलाई बर्खास्त गरेको हो ।

गएराति च्याम्पियन्स लीगको समूह चरणकै खेलमा चेल्सी कमजोर क्लबसँग पराजित भएको थियो । उक्त खेलमा क्रोएसियाली फुटबल क्लब डाइनामो जार्गेबसँग चेल्सी १-०ले पराजित भएको थियो ।

त्यसअघि उनी फ्रान्सेली क्लब पीएसजीका प्रशिक्षक थिए । सन् २०१८ को मेदेखि पीएसजीको प्रशिक्षक रहेका रहेका उनलाई दुई वर्षअघि क्लबका निर्देशक लियोनार्दोले क्लबबाट बर्खास्त गरेका थिए ।