काठमाडौँ, २२ भाद्र । नेकपा (माओवादी केन्द्र) का नेता तथा अर्थमन्त्री जनार्दन शर्माले उपमहासचिव पद अश्वीकार गरेका छन् । बुधबारअनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रममा शर्माले उपमहासचिवको पद अस्वीकार गरेका हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देव गुरुङलाई महासचिव बनाउने निर्णयमा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ दर्ज गरेका शर्माले उपमहासचिवको पद अस्वीकार गरेका हुन् ।
बुधबार महासचिव दिपेश पुनले शर्मालाई पार्टी उपमहासचिवको रूपमा सम्बोधनका लागि निम्त्याएका थिए । तर, अध्यक्ष प्रचण्ड उपस्थित कार्यक्रममै आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको रूपमा बोल्न उभिएको शर्माले बताए ।
पार्टीमा ६ जना उपमहासचिव रहेको भन्दै शर्माले कार्यक्रममा भनेका छन्, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’
महासचिव चयनमा असहमति जनाएका शर्माले उपमहासचिव पद अश्वीकार गर्ने भने पनि सार्वजनिक रुपमा उनले बुधवार सो घोषणा गरेका हुन् ।
छैटौं उपमहासचिवको प्रसंग निकाल्दै शर्माले भने, ‘नीति र नेतृत्व सही ढंगले चल्नुपर्छ भन्ने मान्छे हुँ म । अध्यक्ष कमरेडयको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ । म उहाँको कडा आलोचना गर्छु तर रक्षा पनि मैले गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ, चाकडी हुँदैन, लाइनले हुँदैन ।’















प्रतिक्रिया