१ कार्तिक २०८३, आइतबार

सन्दीपलाई कप्तानबाट निलम्बन गर्ने क्यानको तयारी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भाद्र ।  नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ।

सन्दीपविरुद्ध एक किशोरीले मंगलबार बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो।

प्रहरी अनुसन्धानमा सहयोग गर्न र अन्तर्राष्ट्रिय अभ्यास अनुसार सन्दीपलाई निलम्बन गर्ने तयारी गरिएको क्यानका एक उच्च अधिकारीले जानकारी दिए।

सन्दीप अहिले क्यारेबियन क्रिकेट लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन्। केन्या भम्रणबाट सन्दीप सिधै वेस्ट इन्डिज गएका थिए। केन्याबाट नेपाली टोली भने आज नेपाल फर्किएको छ।