
गौरादह, १७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिसँगै आर्थिक रुपान्तरणका लागि लाग्नुपर्ने बताएका छन् ।
झापाको गौरीगञ्जमा आज शुक्रबार भएको सभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले उद्यमशीलता र श्रमले मात्रै आर्थिक रुपमा सबल भइने बताउँदै राजनीतिसँगै आर्थिक रुपान्तरणका लागि लाग्नुपर्नेमा जोड दिएका हुन् ।
नेपालको विकास नेपालीले मात्रै गर्न सक्ने बताउँदै उनले भने, ‘देशको विकासका लागि एमाले नै पहिलो पार्टी बन्नु पर्छ, सीमावर्ती शहरलाई स्मार्ट सिटिका रुपमा विकास गर्नपर्छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले परम्परागत कृषि प्रणालीलाई व्यवस्थित गर्दै आधुनिकरण गरिनुपर्नेमा जोड दिएका छन् ।















प्रतिक्रिया