
काठमाडौं, १७ भदौ । कुमारी बैंकले ‘एक्सिलेन्स इन ई–कमर्श बिजनेश अवार्ड, २०२२’ प्राप्त गरेको छ ।
भिसा इन्टरनेशनलले गत बुधबार आयोजना गरेको ‘लिडर्स कन्क्लेभ पेइमेन्ट्स इन्नोभेसन फर डिजिटल नेपाल’ सम्मेलनमा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन (इन्नोभेटिभ प्रडक्ट) र कार्ड भुक्तानी उद्योगमा उच्चतम ई–कमर्श व्यवसायको मात्रा हासिल गरेबापत सो अवार्ड प्रदान गरिएको भिसा इन्टरनेशनलले जनाएको छ ।
आफ्नो स्थापनाकालदेखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ वटा शाखा सञ्जाल, १९४ वटा एटीएम, ५० वटा शाखारहित बैंकिङ्ग ईकाई तथा २४ वटा एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरू प्रदान गर्दै आएकोे छ । त्यस्तै आगामी दिनहरूमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लैजाले प्रतिबद्धता बैंकले जनाएको छ ।















प्रतिक्रिया