४ कार्तिक २०८३, बुधबार

छिमेकीकी श्रीमतीले सपनामा बारम्बार दुःख दिएपछि परिवारकै हत्या !

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १७ भदौ । उदयपुरको बेलकामा एकै परिवारको तीनजनाको हत्या भएको छ ।

उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा एकै परिवारको तीनजनाको हत्या भएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार स्थानीय ३७ वर्षीया राजकुमार बस्नेत, उनकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र १२ वर्षीया छोरा सुजन बस्नेतको हत्या भएको हो ।

मृतक सबैको शव दिलुवाटारको वाबिङखोलामा पानीमा तैरिरहेको अवस्थामा भेटिएको थियो । हत्या आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय नरबहादुर बस्नेतलाई पक्राउ गरेको छ ।

पक्राउ परेका बस्नेतले दिएको बयान अनुसार मृतक राजकुमार बस्नेतकी श्रीमतीले सपनामा दुःख दिएको भन्दै तीन जनाको हत्या गरेको प्रारम्भिक तथ्य फेला परेको छ । यद्यपि, प्रहरीले घटनाको विस्तृत अध्ययन तथा अनुसन्धान भने गरिरहेको छ ।

सपनामा दुःख दिने व्यक्ति बोक्सी हुने भन्दै नरबहादुरले सपनामा आउने सरिताको श्रीमान्लाई भन्दा विवाद भएको बताइएको छ । बोक्सी हुन्छ र हुँदैको विवादले वीभत्स हत्याको रुप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको भनाइ छ ।