
काठमाडौं, १७ भदौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको नाम धनुषाबाट सिफारिस भएको छ ।
नेता निधिलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभाका लागि समानुपातिकमा सिफारिस गरेको छ ।
यसअघि २०७४ सालको निर्वाचनमा निधि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।
गठबन्धनका बाबजुद आफू धनुषा ३ मा सुरक्षित नदेखेकै कारण निधिले समानुपातिकको बाटो रोजेको अनुमान गर्न सकिन्छ ।















प्रतिक्रिया