
काठमाडौं, १७ भदौ । नेपालले पहिलो एकदिवसीय अभ्यास खेलमा घरेलु टोली केन्यामाथि ७ विकेटको सानदार जित हात पारेको छ ।
योसँगै तीन एकदिवसिय अभ्यास खेलमा नेपालले १–० को अग्रता लिएको छ ।
जितका लागि २१९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले १२० बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ११० रनको शतकीय इनिङ खेले ।
दोस्रो खेल शनिबार हुनेछ । सन्दीप लामिछाने भने टी–२० आई सिरिजपछि क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्टइन्डिज गएका छन् । पाँच टी–२० आई खेलको सिरिज नेपालले ३–२ ले जितेको थियो ।















प्रतिक्रिया