४ कार्तिक २०८३, बुधबार

जिउँदै मान्छेलाई इँट्टाभट्टामा हाल्ने कांग्रेस नेता आलमलाई उम्मेदवार नबनाइने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निलम्बित सांसद आलम

काठमाडौं, १७ भदौ । नेपाली काङ्ग्रेसले कारागारमा रहेका कांग्रेस नेता अफताब आलमलाई प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सांसदको उम्मेदवार नबनाउने भएको छ ।

जिउँदै इँट्टाभट्टामा मान्छे हालेर जलाएको आरोपमा सजाय भोगिरहेका आलमलाई रौतहट क्षेत्र नं २ बाट उम्मेदवार सिफारिस गरिएको छ । उम्मेदवार सिफारिससँगै कांग्रेसको तीव्र आलोचना हुन थालेपछि महामन्त्री गगन थापाले उनलाई कुनै पनि हालतमा उम्मेदवार नबनाउने बताएका हुन् ।

शुक्रबार लेखक रामलाल जोशीको आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै थापाले कुनै ठाउँबाट आगामी चुनावका लागि आलम सिफारिस भए पनि कांग्रेसले उम्मेदवार नबनाउने ठोकुवा गरे । महामन्त्री थापाले आफूहरू पार्टीमा रहुन्जेल त्यस्तै निर्णय हुनै नसक्ने जिकिर समेत गरेका छन् । आलमको सिफारिस संविधानले वर्जित गरेको भन्दै थापाले उनी उम्मेदवार नहुनेमा विश्वस्त हुन आग्रह गरेका छन् ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका आलमलाई रौतहटको क्षेत्रीय कमिटीले पुनः प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस गरेको छ ।

उनीविरुद्ध विसं २०६४ चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट गराएको आरोप छ । सो घटनामा त्रिलोक प्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो । घाइतेहरुलाई भने जिउँदै जलाएको आरोप उनीमाथि लागेको छ ।