४ कार्तिक २०८३, बुधबार

कक्षा १२ को नतिजा सार्वजनिक, १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । जसले उच्च शिक्षा अगाडि बढाउन पाउने छैनन् । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी थिए । देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

नतिजा हेर्न विभिन्न माध्यम प्रयो गर्न सकिने छ । जस अनुसार Website, SMS Service र IVR Service बाट नतिजा प्राप्त गर्न सकिनेछ । त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np, नेपाल टेलिकमको website : www.neb.ntc.net.np, पनि नतिजा हेर्न सकिने छ ।