१ कार्तिक २०८३, आइतबार

एक दिवसीय क्रिकेट : केन्याद्वारा नेपालसमक्ष २१९ रनको लक्ष्य प्रस्तुत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । नेपाल र केन्याबीचको एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै २१८ रनको योगफल बनाएको हो ।

उक्त सिरिजअन्तर्गतको दोस्रो खेल भोलि शनिबार र तेस्रो खेल सोमबार हुने छ ।

यसअघि नेपाल र केन्याबीच भएको पाँच खेलको टी ट्वान्टी सिरिज नेपाल ३–२ ले विजयी भएको थियो ।