४ कार्तिक २०८३, बुधबार

अफगानिस्तान पठाइदिने प्रलोभनमा रकम ठगी गर्ने रवीन्द्र पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । अफगानिस्तान पठाइदिने प्रलोभन देखाएर रकम ठगी गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२१ गितानगर घर भई आज काठमाडौं बसुन्धरा बस्ने राप्ती प्लेसमेन्ट सर्भिस प्रालीका सञ्चालक रविन अधिकारी भनिने ३९ वर्षीय रविन्द्र अधिकारी छन् । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने गरी अफगानिस्तानमा सेक्युरिटी गार्डको काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३ बसुन्धराबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।