४ कार्तिक २०८३, बुधबार

हिम इलेक्ट्रोनिक्सले शुरु गर्‍यो सामसङ स्मार्ट प्लाजाको नँया शाखा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । हिम इलेक्ट्रोनिक्सले काठमाडौंको नँयाबजार खुसिबुमा नयाँ सामसङ स्मार्ट प्लाजाको शाखा उद्घाटन गरेको छ ।

शाखाको उद्घाटन सामसङ साउथवेस्ट एसिया–नेपाल ब्रान्च हेड मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका छन् ।

नेपालमा सामसङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक समेत रहेको हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई पनि अपग्रेड गर्दै देशकै उत्कृष्ठ बनाएको बताएको छ ।

उक्त अवसरमा हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले हिम इलेक्ट्रोनिक्सका अहिले उपत्यकाबाहिर पाँच वटा सामसङ स्मार्ट प्लाजा रहेको र हालसम्म उपत्यकाभित्र छ वटा आउटलेट सञ्चालनमा रहेको बताइन् ।

निर्देशक गोल्छाले हिम इलेक्ट्रोनिक्सले सामसङ स्मार्ट प्लाजाहरूमार्फत उच्च र गुणस्तरीय सेवा देशभरका सम्पूर्ण ग्राहकहरूलाई प्रदान गर्दै आइरहेको र भबिष्यमा आउटलेटहरु बिस्तार गर्दै ग्राहकहरूलाई सामसङका गुणस्तरीय सामग्री उपलब्ध गराउने जानकारी पनि दिएकी छिन् ।

सामसङ स्मार्ट प्लाजाले सामसङ होम अप्लायन्सेसदेखि सामसङ मोबाइल फोनसम्मका सामग्रीहरू बिक्री गर्दछ । कम्पनीले विगत २२ वर्षदेखि बजारमा उत्कृष्ट सामग्री उपलब्ध गराउनाका साथै विश्व स्तरमा प्रख्यात सामग्रीहरू उचित मूल्यमा उपलब्ध गराउँदै आएको जनाएको छ ।