
काठमाडौं, १७ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यकीयस्थलमा विशेष सरसफाई अभियानको सुरुवात गरेका छन् ।
सम्पदा स्थलहरुलाई सफा एवम् आकर्षक बनाउने लक्ष्यका साथ सरसफाई अभियान शुरू गरिएको मन्त्री श्रेष्ठले बताए । अभियान अन्तर्गत हनुमानढोका दरबार क्षेत्र, बसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो ।
‘पर्यटन पुनरुत्थानका लागि ‘क्लीन नेपाल–ग्रीन नेपाल अभियान’ नारासहित पर्यटकीयस्थलमा विशेष सरसफाई अभियान शुरू गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटनसम्वद्ध सार्वजनिक निकाय, स्थानीय तह, सामाजिक संघसंस्थाहरु र शैक्षिक प्रतिष्ठानहरुसँगको सहकार्यमा विशेष सरसफाई अभियान शुरू गरेको हो ।















प्रतिक्रिया