
काठमाडौं, १६ भदौ । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट मुद्धती’ योजना सञ्चालनमा ल्याएको छ ।
यसमा योजनाले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र २२ लाख ५० हजार रुपैयाँसम्मको बीमा सुविधा दिने बैंकले जनाएको छ ।
बैंकका अनुसार यो योजना अनुसार मुद्दती खातामा न्यूनतम पाँच लाख रुपैयाँ मौज्दात राखेर मुद्दती खाता खोल्ने खातावालहरुले आफनो लागि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँ बराबरको घातक रोग बीमा र ५० हजार रुपैयाँको आवधिक जीवन बीमाका साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाखसम्मको दुर्घटना बीमा सुविधा पाउने बैंकले जनाएको छ ।
योजना अन्तर्गत ग्राहकहले एक वर्ष देखि दुई वर्षसम्मको मुद्दती खाता खोल्न सक्ने र जति अवधिको मुद्दती खाता खोलिएको हो त्यती नै समय अवधिका लागि बीमा सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ ।















प्रतिक्रिया