४ कार्तिक २०८३, बुधबार

‘सक्किगोनि’का दुई कलाकारले काठमाडौं र झापा–५ बाट चुनाव लड्ने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । हास्य टेली चलचित्र ‘सक्किगोनि’ का पात्र ‘सिते बा’ले अर्थात् कलाकार मधुसुदन पाठकले काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट निर्वाचन लड्ने भएका छन् ।

पाठकले स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ । ललितपुरमा आज भएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा कलाकार पाठक पनि उपस्थित थिए । यो अभियानको संयोजक सुमन सायमि छन् ।

स्वतन्त्रहरूले एकै चुनाव चिह्न र घोषणा पत्रमा चुनाव लड्नका लागि यो अभियान सञ्चालन गर्ने बताएका छन् । सोही टेलि चलचित्रका अर्का कलाकार ‘जिग्री ब्रो’ कुमार कट्टेलले पनि झापा निर्वाचन क्षेत्र नं. ५ बाट निर्वाचन लड्ने तयारी गरिरहेको बताएका छन् ।

झापा–५ मा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं–५ बाट एमालेकै वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘हेवीवेट’का रूपमा चुनाव लड्दै छन् ।