२ कार्तिक २०८३, सोमबार

स्व. जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’को शनिबार प्रिमियर गरिदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । स्वर्गीय कलाकार जयनन्द लामा अभिनित चलचित्र अभियानको प्रिमियर शो गरिने भएको छ ।

कोशी भिजन फिल्म्सको ब्यानर तथा ऐतिहासिक तामाङ थाकथलो ‘किपट’ को कथामा निर्माण भएको चलचित्र ुअभियानु आगामी शनिबार इटहरीस्थित इलाइट सिनेमा हलमा प्रिमियर शो गर्न लागिएको हो ।

दिउँसो २ बजेदेखि गरिने प्रिमियर शोको अघि रेड कार्पेट पनि गरिने चलचित्रका निर्माता तथा निर्देशक लाखमान योन्जत तामाङले बताए । इटहरीको प्रिमियरपछि यहि भदौ २५ गते तरहरामा र असोज १० गते काठमाडौंको जमलमा प्रिमियर शो गरिने बताइएको छ ।

१६ वर्ष भन्दा मुनिका दर्शकले अभिभावकको साथ हेर्नू पर्ने भन्दै यो चलचित्र अभियानले सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट पाएको छ । चलचित्रको यसअघि एक ट्रेलर र पोस्टर इटहरीमा एक पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो ।

लाखमान योन्जन तामाङको लेखन तथा निर्देशन रहेको ुअभियानु निर्माणमा ५५ लाख लगानी लागेको जनाइएको छ । ट्रेलर रिलिज तथा सेन्सर पास भएपनी फिल्मको प्रदर्शन मिति भने तय भएको छैन । यस्तै चलचित्रको केही साताअघि क्यारेक्टर पोस्टरहरु समेत सार्बजनिक भइसकेको छ । स्व. जयनन्द लामालाई फ्रेममा राख्दै चलचित्रका मुख्य कलाकारहरुको क्यारेक्टर पोस्टरहरु सार्वजनिक गरिएको हो ।

मैना घिसिङ निर्माता रहेको चलचित्रमा स्व. जयनन्द लामाका साथमा अमर पाख्रीन तामाङ, पूजा तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, सन्तोष सराकार, रितेश जंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला, मदन राई, सम्भु योन्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बोम्जन तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।