
काठमाडौं, १६ भदौ । शान्ति स्थापना गर्न इराकमा खटिएका नेपाली सैनिकहरूको अदलीबदली गरिएको छ ।
इराकमा तैनाथ संयुक्त राष्ट्र संघीय गार्ड युनिट (यूएनएएमआई–एक्स ‘बी’) लाई बदली गरी संयुक्त राष्ट्र संघीय गार्ड युनिट (यूएनएएमआई–एक्स ‘बी’) को पहिलो टोलीलाई त्यसतर्फ पठाइएको नेपाली सेनाले जनाएको छ ।
सेनानी बसन्त नाथ योगीको नेतृत्वमा १८ जना नेपाली शान्ति सैनिकहरु हिजो बुधबार काठमाडौंबाट मिशन इलाकातर्फ प्रस्थान गरेका छन् ।
साथै, उक्त मिशनमा तैनाथ संयुक्त राष्ट्र संघीय गार्ड युनिट (यूएनएएमआई–एक्स ‘बी’) को पहिलो टोली सह सेनानी अनिल थापाको नेतृत्वमा १८ जना नेपाली शान्ति सैनिकहरु आज स्वदेश फर्किएका छन् ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत यूएन मिशनहरूमा खटेर शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेका छन् ।















प्रतिक्रिया