
काठमाडौं, १५ भदौ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ-२०२३) को आयोजना सन्दर्भमा टिम क्वेष्टसँग भेन्यू पार्टनरको लागि बुधवार सम्झौता भएको छ ।
निफको आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृतिक प्रतिष्ठान र टिम क्वेटबीच पाँच वर्षका लागि सम्झौता भएको हो । सम्झौतामा निफका अध्यक्ष केपी पाठक र टिम क्वेष्टका महाप्रवन्धक प्रशंसा पाण्डेले हस्ताक्षर गरेका छन् ।
उक्त सम्भौता अनुसार अब निफमा छनौट भएका फिल्महरु हलमा प्रदर्शन हुनेछन् । हाल काठमाडौं उपत्यकाका क्युएफएक्स हलमा प्रदर्शन हुनेछन् । भविष्यमा काठमाडौं बाहिर पनि विस्तार गर्न सकिने कुरा निफका अध्यक्ष केपी पाठकले सम्झौता हस्ताक्षरको अवसर बताउँदै महोत्सवका दर्शकले पनि गुणस्तरिय रुपमा फिल्म हेर्न पाउने उल्लेख गरे ।
उक्त अवसरमा विगत छ वर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको निफ नेपालको एक स्तरिय अन्तराष्ट्रिय महोत्सव भएकोले यस सहकार्यले यसको उचाई अझै बढ्ने कुरा टिम क्वेष्टका सञ्चालक भाष्कर ढुंगानाले बताए ।

‘विश्वका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारासहित विगत ६ वर्षदेखि नियमित रुपमा आयोजना भईरहेको निफमा राष्ट्रिय तथा अन्तराष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म,डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्मको ७ वटा विधामा आवेदन दिन सकिने छ ।
राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन भर्न पाइन्छ । अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको लागि शुल्क लाग्ने छ भने राष्ट्रिय प्रतिष्पर्धाको लागि निःशुल्क रुपमा आवेदन दिन पाउने कुरा आयोजक संस्थाले जनाकारी गराएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रियका सबै आवेदनहरु अनलाइन प्लेटफर्ममार्फत पुस १०,२०७९ डिसेम्बर २५ २०२२ सम्मलाई आवेदन दिन पाइने पनि आयोजक संस्थाले जनाएको छ । साथै छैटौ निफ २०२३ आगामी चैत २ गतेदेखि ६ गतेसम्म ९ २०२३ मार्च १६ देखि २० तारिखसम्म० काठमाडौंमा हुने कुरा पनि आयोजक संस्थाले जानकारी गराएको छ ।
फेष्टिभलले निर्धारण गरेको मापदण्ड अनुसार फिल्म पेश गर्नु पर्नेछ । सबै आवेदन डिसेम्बर २५, २०२२ को विस्तारित (अन्तिम) समय सीमाअघि गरिनु पर्ने बताइएको छ । निफ–२०२३ पनि अघिल्ला संस्करणहरु झैँ राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा एक शसक्त फिल्म उत्सव बन्नेमा आयोजक संस्था विश्वस्त छ ।















प्रतिक्रिया