४ कार्तिक २०८३, बुधबार

ट्राफिक नियम उल्लंघन गरी भाग्ने गर्नुभएको छ ? अब सजिलै पक्रिन्छ सीसीटीभीले

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । ट्राफिक नियम उल्लंघन गरेर भाग्ने सवारी चालकलाई ट्राफिक प्रहरीले अब सीसीटीभीको सहायताले पक्रिने थालेको छ ।

पछिल्लो समय ट्राफिक प्रहरीले यसरी नियम उल्लंघन गरेर फरार हुने ६३ जनालाई सीसीटीभीको सहायताले खोजी गरी कारबाही गरेको छ ।

विभिन्न ट्राफिक नियम उल्लंघन गरी फरार भएका उनीहरूलाई सीसीटीभीमा कैद भएको भिडियोका आधारमा लेन उल्लंघनमा ३१ जना, एकतर्फी सडकमा सो विपरीत सवारी साधन चलाएका २३ जना र सवारी मोड्न निषेध गरेको स्थानमा सवारी साधन मोडेका ८ जना चालकलाई कारबाही गरिएको हो ।

यससँगै यात्रु लिन नमानेको कसुरमा १ जना चालकलाई पनि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । भदौ १ गतेदेखि १४ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका ४२० जना चालकमध्ये ट्राफिक प्रहरीले खोजी गरी कानुनी दायरामा ल्याएको हो ।

यसरी फरार भएका ९७ जना चालकमध्ये ६३ जनालाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार अन्य चालकहरु हालसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएकाले खोजी भइरहेको छ ।

सवारी नियम उल्लंघन गर्ने चालकलाई ट्राफिक प्रहरीले विगतमा गरिरहेको सीसीटीभी फुटेजको आधारमा खोजी गरी गर्ने कारबाहीलाई थप तीब्रता दिदै अगाडि बढाइएको प्रवक्ता भट्टको भनाइ छ ।