४ कार्तिक २०८३, बुधबार

अवस्था ठिक नभएका सवारी साधन चलाउने २६ जना चालक कारबाहीमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । अवस्था ठिक नभएका सवारी साधनलाई कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले आज बुधबारदेखि अभियानकैमा रुपमा कारबाहीलाई थप तीव्रता दिएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित टीयु गेटनजिकै आज बिहान तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा २६ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

चेकिङ्गको क्रममा हेण्ड ब्रेक निकालेका ३ जना टाटा सुमोका चालक र च्यासिस बाङ्गो बनाएको एउटा टाटा सुमोका चालकलाई ट्राफिक प्रहरीले सवारी साधनको स्वरुप परिर्वतनको कसुरमा कारवाही गरेको हो । यस्तै, हेडलाइट ठिक नभएको एउटा र अवस्था ठिक नभएको ५ वटा टाटा सुमोका चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार चेकिङमै भेटिएका वाइफर निकालेको र सवारी साधनको बत्ती ठिक नभएको ८ वटा पानी ट्याङकर र अन्य टाटा र डीआई गाडीका ८ जना चालकलाई पनि कारबाही गरिएको छ ।

अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न आजदेखि अभियानलाई तीव्रता दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।

अवस्था ठिक नभएको सवारी साधन चलाएको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाही हुने प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिएका छन् ।