४ कार्तिक २०८३, बुधबार

बैंक अफ काठमाण्डूका ग्राहकलाई मेरो स्टोरमा १०% छूट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । बैंक अफ काठमाण्डू लिमिटेड र मेरो स्टोरबीच सेवा आदान–प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १०% छूट उपलब्ध गराउन उक्त सम्झौता गरिएको बैंकले जनाएको छ ।

सम्झौतापश्चात् बैंकका ग्राहकले मेरो स्टोर, बुटवल, रूपन्देहीमा उपलब्ध हुने सेवाहरूमा एकमुष्ठ १०% छूट पाउने छन् । उक्त छूटको उपयोग गर्नका लागि बैंकका ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

मेरो स्टोर, बुटवल, रूपन्देहीबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुबिधाहरू प्रदान गर्दै आइरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ वटा शाखा कार्यालयहरू, ९८ वटा एटीएम र १० वटा एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।