
कैलाली, १५ भदौ । कैलालीमा डेंगुका कारण एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीय गीता शाही छिन् । निसर्ग अस्पतालमा कार्डियोप्लमोनरीको उपचार गराइरहेकी शाहीमा डेंगुको पनि लक्षण देखिएको थियो ।
उनको मंगलबार बिहान अस्पतालमा उपचारकै क्रममा मृत्यु भए पनि बुधबारमात्र पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।
देशभर पुसदेखि यता आजसम्म दुई हजार ५३९ जनामा डेंगु पुष्टि भएको छ ।















प्रतिक्रिया