
काठमाडौं, १५ भदौ । काठमाडौंको बुद्धनगरस्थित एक घरको छतबाट खसेर दुई जनाको एकसाथ मृत्यु भएको छ ।
१४/१४ वर्षका ती दुई जनाले बुद्धनगरस्थित एक निर्माणाधीन घरको ६ तलामाथिबाट एकसाथ हाम फालेको प्रहरीले अनुमान गरेको छ । मृत्यु हुनेमा १४ वर्षीय अनिकेत रोष र १४ वर्षीया कृतिका जैसवाल छन् ।
छतबाट खसेर घाइते भएका उनीहरूलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो । तर, अस्पताल पुर्याएको केहीबेरमै उनीहरूलाई मृत घोषित गरिएको हो ।
उनीहरु पाठशाला स्कुलमा कक्षा ९ मा अध्ययनरत रहेको खुलेको छ । मृतकमध्ये अनिकेत भारत विहार घर भई हालः पेप्सीकोला बस्दै आएका थिए भने कृतिका घट्टेकुलोकी स्थायी बासिन्दा रहेको बताइएको छ ।
घटनाको प्रकृति हेर्दा अनिकेत र कृतिका प्रेमी–प्रेमिका रहेको अनुमान गर्न सकिन्छ ।















प्रतिक्रिया