४ कार्तिक २०८३, बुधबार

घरको छतबाट खसेर बुद्धनगरमा दुई जना बालबालिकाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, १५ भदौ । काठमाडौंको बुद्धनगरस्थित एक घरको छतबाट खसेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।

अन्दाजी १३ र १४ वर्षका ती दुई जना बालबालिका घरको ६ तलामाथिबाट खसेको बताइएको छ ।

छतबाट खसेर घाइते भएका उनीहरूको सिभिल अस्पतालमा मृत्यु भएको बताइएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।