
दमौली (तनहुँ), १४ भदौ । नेपाली कांग्रेसका युवा नेता डम्बर अधिकारीले नहुँको क्षेत्र नं १ (ख) बाट उम्मेदवारी दिने भएका छन् ।
नेपाली कांग्रेसले अगामी निर्वाचनमा पार्टीको तर्फबाट हुने उम्मेदवारी दर्ता सूचीमा अधिकारीले आफनो उम्मेवारी दर्ता गराएका हुन् ।
२०४६ सालको विद्यार्थी आन्दोलनदेखि नै नेपाल विद्यार्थी संघको आन्दोलनबाट राजनीतिमा लागेका अधिकारी पृथ्वी नारायण क्याम्पसको इकाई सदस्य, नेपाली कांग्रेस व्यास नगर समितिका सचिव, नेपाल प्रेस युनियनको अध्यक्ष, नेपालप त्रकार महासंघ तनहुँका अध्यक्ष हुँदै हाल नेपाली कांग्रेसको जिल्ला सदस्यको रूपमा अधिकारी क्रियाशील छन् ।
सोही क्षेत्रमा गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमानले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
















प्रतिक्रिया