
काठमाडौं, १४ भदौ । नेपालले केन्यासँगको पाँच टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३–२ ले जितेको हो ।
नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।
अब नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय खेल शुक्रबार, दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार हुनेछ ।















प्रतिक्रिया