
काठमाडौं, १४ भदौ । इलेक्ट्रोनिक्स र स्मार्टफोट ब्राण्ड सामसङ र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनीयरिङ संस्थानबीच सम्झौता भएको छ ।
विभिन्न प्राविधिक शीपहरूमा तालिम दिने उद्देश्यअनुरुप सामसङले संस्थानसँग सम्झौता गरेको हो । सम्झौता अनुसार सामसङले नेपालप्रतिको प्रतिवद्धतालाई सुदृढ गर्दै सामसुङ इनोभेसन क्याम्प सीएसआर कार्यक्रमअन्तर्गत युवाहरूलाई भविष्यमा प्राविधिक शीपहरू उपलब्ध गराउने छ ।
सामसङले युवाहरूलाई वास्तविक काम, शीपहरू र मागअनुकूल प्राविधिक शीपहरू प्रदान गर्ने छ । जसले उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्ने विश्वास लिइएको छ ।
सामसङले नेपाली युवाहरुलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेटअफ थिङ्स जस्ता प्राविधिक शीपहरूमा तालिम दिने जनाएको छ । यसको विश्वव्यापी सीएसआर योजना सामसङ इनोभेसन क्याम्पसको एक भागको रूपमा काम गर्ने छ ।
नयाँ तालिम योजनाले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउने छ ।
सामसङ इनोभेसन क्याम्पस योजना अन्तर्गत यसलाई हेरिएको छ । जसले युवाहरूलाई वास्तविक कार्यगत शीपहरू र मागअनुसारको प्राविधिक सीपहरू उपलब्ध गराउनेछ ।















प्रतिक्रिया