
काठमाडौं, १४ भदौ । केन्यासँगको पाँचौं तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले केन्यालाई १७६ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।
नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनाएर केन्यालाई १७६ को विजय लक्ष्य प्रस्तुत गरेको हो ।
ओपनर ज्ञानेन्द्र मल्ले आजको खेलमा अर्धशतक बनाएका छन् । उनले उनले ४४ बलमा ५ चौका र २ छक्कासहित ५९ रनको पारी खेले । उनी नेपाली राष्ट्रि टीमका पूर्वकप्तान समेत हुन् ।
चार खेल सकिँदा सिरिज २–२ को बराबरी अवस्थामा छ । नेपाल पाँचौं खेल जित्दै सिरिज जित्ने सोचमा छ ।
नेपालको तर्फबाट सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, अर्जुन साउद (विकेटकिपर), विवेक यादव, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, वसिर अहमद र पवन सरार्फ मैदानमा उत्रिएका छन् ।















प्रतिक्रिया