४ कार्तिक २०८३, बुधबार

अष्ट्रेलिया–नेपाल द्विपक्षीय संयन्त्र बैठक : जलस्रोत व्यवस्थापनमा सहकार्य गरिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अष्ट्रेलिया, १४ भदौ । अष्ट्रेलियाको परराष्ट्र तथा व्यापार मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयबीचको द्विपक्षीय संयन्त्रको बैठक अष्ट्रेलियाको क्यानबेरामा आज सम्पन्न भएको छ ।

बैठकको अवसरमा अष्ट्रेलियाली परराष्ट्र मन्त्रालयका सचिव जान एडम्स र नेपाल सरकारका जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनेशकुमार घिमिरेले अष्ट्रेलिया–नेपाल जलश्रोत व्यवस्थापन सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीपत्र अनुसार अष्ट्रेलियाले तालिम, प्राविधिक सहयोग र अन्तराष्ट्रिय रुपमा प्रख्यात जलस्रोत शासन विज्ञतामा सहकार्य गर्नेछ ।

यसले हाल अष्ट्रेलियाले अन्तराष्ट्रिय एकीकृत पर्तवीय विकास केन्द्र (ईसीमोड) सँग गरिरहेको नेपाल सरकारको दीगो पुनरुत्थान, बृद्दि र रोजगारी प्रवर्द्धनका लागि हरित, पुनरुत्थानशील र समावेशी विकास (ग्रीड) तर्फको प्रस्थान लक्ष्य अनुरुप, सीमापार जलाधार क्षेत्र व्यवस्थापन, जलबायु कृयाकलापको स्थानीयकरण, हरित जीविकोपार्जन प्रवर्द्धन कार्यलाई पनि सघाउने छ ।

द्विपक्षीय संयन्त्रको बैठक अष्ट्रेलियाका तर्फबाट जीयोस्ट्रेटेजीक ग्रुप का डेपुटी सेक्रेटरी जस्टीन हेहर्श्ट र नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालको सह–अध्यक्ष्यता सञ्चालन भएको थियो ।

बैठकमा दुबै पक्षले जलवायु परिवर्तन र ऊर्जा चुनौतीहरू र शून्य–उत्सर्जन लक्ष्य प्राप्ति गर्नुपर्ने आवश्यकताको चर्चा गरे । साथै नेपालका विकासका प्राथमिकताहरू र भविष्यको सहयोगका विषयहरुमा छलफल भयो ।

नयाँ सहयोग कार्यक्रम अन्तर्गत डढेलो ब्यवस्थापन, खोजी तथा उद्दार कार्यहरु लगायतमा अष्ट्रेलियाको ज्ञान तथा विशेषज्ञता आदान प्रदान गर्ने विषयमा पनि छलफल भयो ।

अष्ट्रेलिया सरकार परराष्ट्र तथा व्यापार मन्त्रालय र नेपाल सरकार परराष्ट्र मन्त्रालयबीचको द्विपक्षीय संयन्त्रको स्थापना विसं २०७४ भएको हो र यसअघिको बैठक विसं २०७५ मा काठमाडौंमा भएको थियो ।