४ कार्तिक २०८३, बुधबार

तीन घण्टामा सात जना विद्यार्थीसहित २४८ जना चालक कारबाहीमा परे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित ट्राफिक चेकिङ अन्तर्गत आज सात जना विद्यार्थीसहित २४८ जना चालकहरू कारबाहीमा परेका छन् ।

मंगलबार बिहान ५ बजेदेखि ८ बजेसम्म गरिएको चेकिङका क्रममा कागजपत्र साथमा नभएका ७ जना विद्यार्थी चालक कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य २४१ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ । जसमा बिहानै मदिरा सेवन गरी सवारी साधन चलाउने ३ जना चालक रहेका छन् ।

नयाँबसपार्क क्षेत्रबाट बा ३ ख १००३ नम्बरको बस चालक, बा १ ज ८१ ८१ नम्बरको माईक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा ४ ख ८० ५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ ।