४ कार्तिक २०८३, बुधबार

विद्युत् प्राधिकरणले रत्नपार्कमा बनाएको विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा निर्माण गरेको विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले प्राधिकरणको केन्द्रीय कार्यालय परिसरमा स्थापना गरिएको उक्त चार्जिङ स्टेशनको आज उद्घाटन गरेकी छिन् । नेपालमै पहिलो पटक सरकारी तहबाट विद्युतीय गाडी चार्ज गर्नका लागि स्टेशन सञ्चालनमा ल्याइएको हो ।

चार्जिङ स्टेशनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभर यस्ता ५१ वटा स्टेशन बनाइरहेको छ ।

प्राधिकरणले बिर्तामोड, दमक, विराटनगर, इटहरी, बेलाका, सुनसरी बसपार्क, लाहान, बर्दिबास र सिन्धुलीमाडीमा चार्जिङ स्टेसन स्थापना गर्दैछ ।

यस्तै खुर्कोट, बनेपा, पथलैया, हेटौंडा, चितवन, मुग्लिन, धार्के, पोखरा, बर्दघाट, बुटवाल, भैरहवा, चन्द्रौटा, लमही, कोहलपुर, लम्की, अत्तरीया, महेन्द्रनगर र सुर्खेतमा चार्जिङ स्टेसन राखिंदैछ ।

काठमाडौंको साझा पुल्चोक, साझा बल्खु, हल्चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चार्जिङ स्टेसन जोडिंदैछ ।

एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च लाग्ने प्राधिकरणको भनाइ छ ।